जेलेन्स्कीले माफी माग्नुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीबीच मिडियाकै सामुन्न भएको तिखो बहसले तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध तत्काल रोक्न भइरहेको पहलमा झट्का लागेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ओवलमा ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग जेलेन्स्कीको चर्काचर्की भएको थियो । यससँगै दश मिनेटमै वार्ता बिथोलिएको थियो र जेलेन्स्की निस्कनु परेको थियो । यो घटनापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नु पर्ने बताए । ‘राष्ट्रपति ट्रम्पले कयौं महत्वपूर्ण सम्झौतालाई टुंग्याएका छन् । तर, त्यस्तो व्यक्तिको अगाडि जेलेन्स्की यसरी आक्रामकताका साथ प्रस्तुत हुन्छन् भने वार्ता कसरी सम्भव हुन्छ ? जेलेन्स्की शान्तिसम्झौताको कुरा त गर्छन् तर सम्भवतः त्यो चाहँदैनन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने माफी माग्न अस्वीकार गरेका छन् । फक्स न्युजसँग कुराकानी गर्दै जेलेन्स्कीले भनेका छन्, ‘मलाई लाग्छ, मैले माफी माग्न जरुरी छैन । म अमेरिकी राष्ट्रपति र अमेरिकी जनतालाई सधैं सम्मान गर्छु । मलाई लाग्दैन कि मैले कुनै गल्ती गरेको छु । लोकतन्त्र र स्वतन्त्र मिडियाको आदर गर्दै म भन्न चाहन्छु, कि केही कुरामा मिडियाभन्दा अलग रहेर वार्ता गर्न आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...