ह्वाइट हाउसबाट यसरी निकालिए जेलेन्स्की



हाम्रो इकोनोमि

 

 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार करिब १० मिनेटसम्म कडा बहस चलेसँगै जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको हो ।

सीएनएनमा प्रकाशित एक रिपोर्टका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार बहसपछि युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट निस्किएर अर्को कोठामा गएको थियो । यद्यपि अमेरिकी टोली भने त्यहीँ बसेको थियो । त्यसपछि ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेश मन्त्री मार्को रुबियो र माइक वाल्ट्जसँग छलफल गरेका थिए।

छलफलका क्रममा ट्रम्पले जेलेन्स्की वार्ताका लागि उपयुक्त अवस्थामा नरहेको प्रतिक्रिया दिएका थिए । त्यसपछि उनले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीकोमा आफैं गएर अब उनी फर्कने बेला भइसकेको सन्देश दिन आदेश दिएका थिए । उनीहरूसँग जेलेन्स्कीले विवाद मिलाउन सकिने र फेरि संवाद गर्न चाहेको बताए पनि उनले त्यस्तो अवसर पाएनन् ।त्यसपछि दुवै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...