गोली प्रहारबाट रुपन्देहीमा एक युव‍कको हत्या



हाम्रो इकोनोमि

 

 

रुपन्देहीमा एक युवाको  हत्या भएको छ । मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले   मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या  भएको प्रारम्भिक  अनुसन्धानबाट खुलेको बताए । मृतक घरमा एक्लै बस्ने गरेको डीएसपी कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने डीएसपी  कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...