महाकुम्भ मेलामा ६२ करोड भक्तजन, प्रदूषित पानीले धेरै बिरामी



हाम्रो इकोनोमि

 

 

भारतले १४४ वर्षको अन्तरालमा हुने भनेर प्रचारित गरिएको महाकुम्भ मेलामा ६२ करोड भक्तजन सहभागी भएका छन् । मेलाबाट भारतले २ लाख करोड भारुभन्दा बढी धनार्जन गरेको अनुमान छ ।भारतको अलाहवादस्थित प्रयागराजमा गत १३ जनवरीदेखि २६ फेब्रुअरीसम्म कुम्भमेला आयोजना भएको हो । डेढ महिना लामो मेलामा लाखौँको संख्यामा नेपाली भक्तजनले पनि भाग लिए । नेपालबाट जानेहरूको आधिकारिक तथ्यांक भने उपलब्ध छैन ।

मेलामा जाने एक व्यक्तीले औसत ५ हजार भारु खर्च गरेको अनुमान छ । मेलाको अवधिमा ६ देखि ७ लाखले अस्थायी रोजगारी पाएका थिए । यसअघि सन् २०१९ मा आयोजना भएको कुम्भमेला भन्दा सबै दृष्टिले यो महाकुम्भ वृहत रह्यो । अघिल्लो कुम्भमेलामा २४ करोडले स्नान गरेका थिए भने १.२ लाख करोड आम्दानी भएको थियो । यसपालि भक्तजनको संख्यामा ९० प्रतिशत बढोत्तरी भएको छ भने सरकारको आम्दानी झण्डै दोब्बर बढेको छ ।

अघिल्लो कुम्भमेलामा सरकारले ३७ सय करोड भारु खर्च गरेको थियो । यसपालि ७ हजार भारु खर्च भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाकुम्भले उत्तर प्रदेशको अर्थतन्त्रमा निकै ठूलो टेवा मिलेको छ । महाकुम्भमा सुरक्षा दिन ४० हजार प्रहरी खटिएका थिए । प्रयागराज वरपर मात्रै १४ वटा नयाँ फ्लाइओभर बनाइएका थिए भने ९ वटा स्थायी तथा १२ वटा अस्थायी घाट निर्माण गरिए ।

महाकुम्भमा थुप्रै दुखद घटनाहरू पनि भए । गत जनवरी २९ का दिन भएको भाग दौडका क्रममा कयौँ मारिएका थिए । एकै पटक लाखौँको भिड स्नानका लागि घाट जाने क्रममा ब्यारिकोड तोड्दा भागदौड मच्चिएको थियो । सरकारी अधिकारीहरूले सो घटनामा ३० जनाको मात्रै मृत्यु भएको दाबी गरेका छन् । तर, सयौँ मारिएको आशंका गरिएको छ । नेपालबाट महाकुम्भमा भाग लिन जाने र फर्किने क्रममा दुर्घटनामा परेर दर्जनौँले ज्यान गुमाएका छन् । महाकुम्भमा स्नान गर्नेहरू ठुलो संख्यामा बिरामीसमेत परे । धेरैलाई श्वासप्रश्वास र छालाको रोग लागेको थियो । भिडभाडमा चोटपटक लागेर पनि हजारौँ व्यक्तिहरू नजिकैको अस्पतालमा भर्ना भएका छन् ।

महाकुम्भमा रहेको सेन्ट्रल हस्पिटलका मेडिकल सुपरिवेक्षक डा. मनोज कौशिकले प्रत्येक १० जनामा ४ जना श्वासप्रश्वासको सिकायत लिएर आइरहेको बताए । ‘मेला सुरु भएदेखि नै हाम्रो १० बेडको आइसीसीयू पूर्णरुपमा भरिभराउ छ । अधिकांश फोक्सोका बिरामीहरू छन्,’ उनले भने ।

मेलाभरि प्रत्येक दिन १० जनाजति घाइतेहरु आउने गरेको पनि कौशिकले बताए । उनीहरूमध्ये धेरै महिला र बुढाबुढी थिए । प्रदूषित पानीमा डुबुल्की मार्नु नै बिरामी हुनुको प्रमुख कारण मानिएको छ । गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा नुहाउँदा ‘पाप पखालिने’ धार्मिक विश्वास रहिआएको छ । तर, लाखौँको भिडले मलमूत्र गरेर फोहोर बनाएकाले ती नदीहरुमा नुहाउनु स्वास्थ्यका लागि अहितकर हुनसक्ने चेतावनी जनस्वास्थ्यविदहरुले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...