महाकुम्भ मेलामा ६२ करोड भक्तजन, प्रदूषित पानीले धेरै बिरामी



हाम्रो इकोनोमि

 

 

भारतले १४४ वर्षको अन्तरालमा हुने भनेर प्रचारित गरिएको महाकुम्भ मेलामा ६२ करोड भक्तजन सहभागी भएका छन् । मेलाबाट भारतले २ लाख करोड भारुभन्दा बढी धनार्जन गरेको अनुमान छ ।भारतको अलाहवादस्थित प्रयागराजमा गत १३ जनवरीदेखि २६ फेब्रुअरीसम्म कुम्भमेला आयोजना भएको हो । डेढ महिना लामो मेलामा लाखौँको संख्यामा नेपाली भक्तजनले पनि भाग लिए । नेपालबाट जानेहरूको आधिकारिक तथ्यांक भने उपलब्ध छैन ।

मेलामा जाने एक व्यक्तीले औसत ५ हजार भारु खर्च गरेको अनुमान छ । मेलाको अवधिमा ६ देखि ७ लाखले अस्थायी रोजगारी पाएका थिए । यसअघि सन् २०१९ मा आयोजना भएको कुम्भमेला भन्दा सबै दृष्टिले यो महाकुम्भ वृहत रह्यो । अघिल्लो कुम्भमेलामा २४ करोडले स्नान गरेका थिए भने १.२ लाख करोड आम्दानी भएको थियो । यसपालि भक्तजनको संख्यामा ९० प्रतिशत बढोत्तरी भएको छ भने सरकारको आम्दानी झण्डै दोब्बर बढेको छ ।

अघिल्लो कुम्भमेलामा सरकारले ३७ सय करोड भारु खर्च गरेको थियो । यसपालि ७ हजार भारु खर्च भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाकुम्भले उत्तर प्रदेशको अर्थतन्त्रमा निकै ठूलो टेवा मिलेको छ । महाकुम्भमा सुरक्षा दिन ४० हजार प्रहरी खटिएका थिए । प्रयागराज वरपर मात्रै १४ वटा नयाँ फ्लाइओभर बनाइएका थिए भने ९ वटा स्थायी तथा १२ वटा अस्थायी घाट निर्माण गरिए ।

महाकुम्भमा थुप्रै दुखद घटनाहरू पनि भए । गत जनवरी २९ का दिन भएको भाग दौडका क्रममा कयौँ मारिएका थिए । एकै पटक लाखौँको भिड स्नानका लागि घाट जाने क्रममा ब्यारिकोड तोड्दा भागदौड मच्चिएको थियो । सरकारी अधिकारीहरूले सो घटनामा ३० जनाको मात्रै मृत्यु भएको दाबी गरेका छन् । तर, सयौँ मारिएको आशंका गरिएको छ । नेपालबाट महाकुम्भमा भाग लिन जाने र फर्किने क्रममा दुर्घटनामा परेर दर्जनौँले ज्यान गुमाएका छन् । महाकुम्भमा स्नान गर्नेहरू ठुलो संख्यामा बिरामीसमेत परे । धेरैलाई श्वासप्रश्वास र छालाको रोग लागेको थियो । भिडभाडमा चोटपटक लागेर पनि हजारौँ व्यक्तिहरू नजिकैको अस्पतालमा भर्ना भएका छन् ।

महाकुम्भमा रहेको सेन्ट्रल हस्पिटलका मेडिकल सुपरिवेक्षक डा. मनोज कौशिकले प्रत्येक १० जनामा ४ जना श्वासप्रश्वासको सिकायत लिएर आइरहेको बताए । ‘मेला सुरु भएदेखि नै हाम्रो १० बेडको आइसीसीयू पूर्णरुपमा भरिभराउ छ । अधिकांश फोक्सोका बिरामीहरू छन्,’ उनले भने ।

मेलाभरि प्रत्येक दिन १० जनाजति घाइतेहरु आउने गरेको पनि कौशिकले बताए । उनीहरूमध्ये धेरै महिला र बुढाबुढी थिए । प्रदूषित पानीमा डुबुल्की मार्नु नै बिरामी हुनुको प्रमुख कारण मानिएको छ । गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा नुहाउँदा ‘पाप पखालिने’ धार्मिक विश्वास रहिआएको छ । तर, लाखौँको भिडले मलमूत्र गरेर फोहोर बनाएकाले ती नदीहरुमा नुहाउनु स्वास्थ्यका लागि अहितकर हुनसक्ने चेतावनी जनस्वास्थ्यविदहरुले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...