बागमतीमा सवारीसाधनको डिजिटाइजेशन अभिलेख सुरू



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशभित्रको सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) गर्ने काम सुरू गरिएको छ । आज यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले डिजिटाइजेशनको शुभारम्भ गरे । कार्यक्रममा मन्त्री महर्जनसहित बागमतीका सांसद एवं पूर्वमन्त्री केशवप्रसाद पोखरेल, सांसद रघुनाथ महर्जन, प्रदेश यातायात मन्त्रालय सचिव वीरेन्द्रदेव भारती, विभिन्न यातायात व्यवस्था कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।

डिजिटाइजेशनका लागि मन्त्रालयले १०० जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको व्यवस्था गरिएको महर्जनले जानकारी दिए । छिट्टै प्रदेशभित्रका सबै सवारी साधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी साधनको कर तिर्न सकिने र ब्लू बुक बोक्नु नपर्ने अवस्था निर्माण हुने उनले सुनाए । बागमती प्रदेशभित्रको यातायात क्षेत्रमा लाइसेन्स नागरिक एपमार्फत डिजिटलाइज्ड भइसकेको तथा लाइसेन्स बोक्नु नपर्ने भइसकेको उनको भनाइ थियो ।

मन्त्री महर्जनले अबको केही समयमा लिखित परीक्षा र सवारी साधन परिचयपत्रको ट्रायलका लागि मात्र यातायात व्यवस्था कार्यालय आउनुपर्ने र अन्य कार्यका लागि अनलाइनबाट गर्न सकिने वातावरण बन्न लागेको जानकारी दिए । सांसद केशवप्रसाद पोखरेलले सवारी साधनको क्षेत्रमा डिजिटाइजेशनले महत्वपूर्ण अर्थ राख्ने बताए । सांसद रघुनाथ महर्जनले लामो प्रयासपश्चात् यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको धारणा राखे ।

प्रदेश यातायात मन्त्रालय सचिव वीरेन्द्रदेव भारतीले डाटा इन्ट्रिकर्ताले जतिसक्दो छिटो तथ्यांक प्रविष्टि गर्न सकेमा त्यति धेरै आम्दानी गर्न सक्ने बताए । अधिकतम दुई वर्षभित्र डिजिटाइजेशन सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...