नेपालकै पहिलो १००” मेगास्क्रिन टि.भि बजारमा



हाम्रो इकोनोमि

 

 

 

नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जीले १००” मेगास्क्रिन टि.भि नेपाली बजारमा भित्र्याएको छ । 4K QLED+ टेक्नोलोजि प्रयोग गरिएको सो टि.भिको पिक ब्राइटनेस ८०० निट्सको छ । ९०% DCI-P3 कलर ग्यामेट सहितको टि.भिमा ११२ लोकल डिमिङ जोन रहेको र ११४ Hz रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ । कम्पनीका अनुसार सि.जी ब्राण्डको टि.भि नेपालकै पहिलो गुगल प्रमाणित टिभी हो र सो टि.भि नेपालकै सबैभन्दा ठुलो र पहिलो १००” मेगास्क्रिन टि.भि हो ।

कम्पनीका अनुसार टि.भिको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ Quad Core A73 प्रोसेसर जडान गरिएको छ त्यसका साथै 3 GB DDR4 RAM + 32 GB storage पनि छ । कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मदतले ५०% सम्म रिफ्लेक्सन रोकिन्छ जसले गर्दा १७८ डिग्रिको भियुइङ एङ्गल प्रदान गर्छ । यसमा 60Wको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ ।

साथै Hands Free Voice Control भएको सो टि.भीमा रहेको डोल्बि एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरुलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउँछ ।जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ साथै निर्बाध गेमिङ प्रोफोर्मेन्स, जस्मा गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाहरूले अद्भुत गेमिङ अनुभव प्रदान गर्नेछ ।

नेपालको इलेक्ट्रोनिक्स बजारमा गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रतिष्ठाका साथ, सीजी
इलेक्ट्रोनिक्सले विगत ४० वर्षदेखि नेपाली जनताको जीवनलाई छुँदै र सुधार गर्दै आएको छ। Full Metal
design ले बनेको सो टि.भी तपाईले घरै बसि–बसि cgdigital.com.np बाट खरिद गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...