अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक



हाम्रो इकोनोमि

 

राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन भएको छ । सरकारले सोमबार दुवै विभागसहित १७ जना सहसचिवलाई सरुवा गरेसँगै दुवै विभाग खाली भएको हो ।  मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम सरुवा भएका १७ जना सहसचिवको विवरण सार्वजनिक गरेको छ । यस अनुसार आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला मन्त्रालयमा तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । त्यस्तै, मन्त्रालयको संस्थान समन्वय महाशाखा हेर्ने दीर्घराज मैनालीलाई राष्ट्रिय सूचना आयोगमा वित्तीय क्षेत्र हेर्ने महाशाखा प्रमुख नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको हो। यसरी अर्थ मन्त्रालय सरुवा भएर गएका तीन सहसचिवको ठाउँमा तीन जनालाई मन्त्रालय तानिएको छ । जसमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रहेका तीर्थराज चिलुवाल र महिला आयोगकी पार्वती अर्याल र  संघीय मामिला मन्त्रालयका श्रीचन्द्र साह रहेका छन् । साह सूचना प्रविधि विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...