अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक



हाम्रो इकोनोमि

 

राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन भएको छ । सरकारले सोमबार दुवै विभागसहित १७ जना सहसचिवलाई सरुवा गरेसँगै दुवै विभाग खाली भएको हो ।  मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम सरुवा भएका १७ जना सहसचिवको विवरण सार्वजनिक गरेको छ । यस अनुसार आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला मन्त्रालयमा तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । त्यस्तै, मन्त्रालयको संस्थान समन्वय महाशाखा हेर्ने दीर्घराज मैनालीलाई राष्ट्रिय सूचना आयोगमा वित्तीय क्षेत्र हेर्ने महाशाखा प्रमुख नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको हो। यसरी अर्थ मन्त्रालय सरुवा भएर गएका तीन सहसचिवको ठाउँमा तीन जनालाई मन्त्रालय तानिएको छ । जसमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रहेका तीर्थराज चिलुवाल र महिला आयोगकी पार्वती अर्याल र  संघीय मामिला मन्त्रालयका श्रीचन्द्र साह रहेका छन् । साह सूचना प्रविधि विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...