दिल्ली चुनावमा आम आदमी पार्टीको पत्तासाफ



हाम्रो इकोनोमि

 

 

 दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हाल भारतीय जनता पार्टी (भाजपा)ले ४७ सीटमा अग्रता लिएको छ भने आम आदमी पार्टी (आप) २३ सिटमा मात्रै अगाडि छ ।

मतपरिणाम अन्ति चरणमा आइपुग्दा आम आदमी पार्टीलाई ठूलो धक्का लाग्ने लगभग पक्का भएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । नयाँ दिल्ली विधानसभाको चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि भाजपा उम्मेदवार प्रवेश वर्माले पछि पारेका छन् । भारती समाचार संस्थाहरुका अनुसार आपका अन्य प्रमुख नेताहरू पनि पछि परिरहेका छन् । सौरभ भारद्वाज, सोमनाथ भारती, र सत्येन्द्र जैन आफ्ना-आफ्ना क्षेत्रमा भाजपा उम्मेदवारहरूभन्दा पछि छन् । जनकपुरा सीटबाट आप उम्मेदवार मनीष सिसोदियाले र पटपड़गंज सीटबाट उम्मेदवार अवध ओझाले आफ्नो हार स्वीकार गरेका छन् । अवध ओझाले भने, ‘जनताले सम्मान दिए, र म दोस्रो स्थानमा छु। पहिलो पटक राजनीतिक यात्रा सुरु गरेँ, र यस उपलब्धिबाट म खुसी छु।’

भाजपाका रविन्दर सिंह नेगीले जंगपुरा सीटमा जित हासिल गरिसकेका छन् । आम आदमी पार्टीले पूर्वउपमुख्यमन्त्री तथा पटपड़गंज सीटका वर्तमान विधायक मनीष सिसोदियालाई जंगपुराबाट उम्मेदवार बनाएको थियो । सिसोदियाले जंगपुरा सीटमा पराजय स्वीकार गरिसकेका छन् । आम आदमी पार्टीकी उम्मेदवार आतिशीले भने भाजपाका रमेश बिधूडीमाथि अग्रता हासिल गरिरहेकी छन्। तर, ग्रेटर कैलाश सीटमा आपका सौरभ भारद्वाज पछि परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...