एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ । प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षता तथा एमाले स्थायी कमिटी सदस्य एवम् वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले प्रदेशभर तीन महिने जरा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेशका १३ वटै जिल्लामा एकै साथ कार्यक्रम सञ्चालन गर्न लागिएको वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन् ।

अभियानका क्रममा ‘पुराना जगाऊँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाइने लामाले जानकारी दिइन् । सो अभियानको अनुगमन गर्ने जिम्मेवारी प्रदेश इञ्चार्ज पाँच जना पदाधिकारीलाई दिने निर्णय बैठकले गरेको छ । बैठकले कम्तीमा तीन महिनामा जिल्ला कमिटीको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रूपमा बैठक राख्न निर्देश दिने निर्णय गरेको छ ।

बैठकले सदस्यता नवीकरण र विस्तार, अन्तर्विरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरू, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासका काम अघि बढाउने निर्णय गरेको छ । त्यस्तै वैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरूलाई अभियानसँगै जोडेर लैजाने निर्णय बैठकले गरेको लामाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...