एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान



 

 

नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ । प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षता तथा एमाले स्थायी कमिटी सदस्य एवम् वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले प्रदेशभर तीन महिने जरा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेशका १३ वटै जिल्लामा एकै साथ कार्यक्रम सञ्चालन गर्न लागिएको वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन् ।

अभियानका क्रममा ‘पुराना जगाऊँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाइने लामाले जानकारी दिइन् । सो अभियानको अनुगमन गर्ने जिम्मेवारी प्रदेश इञ्चार्ज पाँच जना पदाधिकारीलाई दिने निर्णय बैठकले गरेको छ । बैठकले कम्तीमा तीन महिनामा जिल्ला कमिटीको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रूपमा बैठक राख्न निर्देश दिने निर्णय गरेको छ ।

बैठकले सदस्यता नवीकरण र विस्तार, अन्तर्विरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरू, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासका काम अघि बढाउने निर्णय गरेको छ । त्यस्तै वैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरूलाई अभियानसँगै जोडेर लैजाने निर्णय बैठकले गरेको लामाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई