रवि लामिछानेको बयान सकियो



हाम्रो इकोनोमि

 

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ ।  जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो ।  उनलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो भने आरोपमा इन्कारी बयान दिएका छन् । उनीसँग पहिलो दिन बिहीबार ३ घण्टा र दोस्रो दिन शुक्रबार दिनैभरि बयान लिइएको हो । बयानका क्रममा उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका छन् ।  बयानका क्रममा लामिछानेले न्यायाधीशले सोधेका सजिला प्रश्नको जवाफ दिएका थिए भने अप्ठ्यारा प्रश्नमा जीबी राईलाई  जिम्मेवार बनाएका थिए । सहकारीको खाताबाट कुनै रकम नआएको र रकम नमासेको उनको दाबी छ । क्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस
समाजवादी मोर्चाबाट विप्लव अलग

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

    मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले...