भुटानी राजपरिवारको सदस्यहरु काठमाडौंमा



 

 

भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौं आएर फर्किएको तीन सातापछि उनका सासु–ससुराको टोली आएको हो । निजी भ्रमणको सिलसिलामा भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौं आएका थिए । स्वयम्भू र बौद्धनाथमा पूजा गरेर उनी सोही दिन स्वदेश फर्किएका थिए । उनी फर्किएपछि सासु–ससुरा र गृहमन्त्रीसहित १३ जनाको टोली विहीबार काठमाडौं आएको स्रोतले बतायो । ‘उहाँहरुको भ्रमण नितान्त निजी हो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘अनौपचारिक भ्रमण भएकाले यात्राको रुटमा सामान्य स्कर्टिङको व्यवस्था मिलाइएको छ । भुटानको टोली सोल्टी, हायत र याक एण्ड यती होटलमा बसेको छ ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ