रविमाथिको अनुसन्धानमा प्रचण्ड बोल्नु गलत : गृहमन्त्री लेखक



हाम्रो इकोनोमि

 

गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी काम भइरहेको बताएका छन्। मंगलबार  पत्रकारहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका मानिसले अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताएका हुन्। ‘सहकारीको रकम अपचलनका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरू पनि यसमा तानिएका छन्,’ उनले भने, ‘अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय, वकिल कार्यालय र अदालत घेरा हाल्ने काम भइरहेको छ, यस्ता विधिको शासन उल्लंघन गरेर गरिने गतिविधिले न्याय दिने होइन। न्याय दिने निकायले आफ्नो तरिकाले काम गरिरहेका छन्।’ उनले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार नभएको बताएका छन्। ‘रवि लामिछानेमाथि अभद्र व्यवहार भएको कुरामा सत्यता छैन, सरकार प्रत्येक व्यक्तिको मानव अधिकारको रक्षा गर्ने विषयमा गम्भीर छ,’ दुई दल मिलेर बनेको सरकार संविधानको रक्षाका लागि सरकारलाई स्थायित्व दिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक गतिविधि बढाउने, मुलुकको समृद्धिका लागि सरकार निरन्तर लोकतान्त्रिक संविधानको रक्षा सबैको दायित्व भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको उनले बताए।  ‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरूबीच सौहार्दपूर्ण सम्बन्ध छ,’ उनले भने, ‘प्रधानमन्त्रीले नै आलापोलोको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ, सम्झौता अनुसार अबको १८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुरलाई कारबाही गर्ने गगनको तयारी

    पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...