बाइडन र ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ भेटवार्ता भएको हो । भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाइ दिएका थिए । दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको बीबीसीले जनाएको छ । बाइडनले कुराकानीको क्रममा ट्रम्पलाई कुनै समस्या नहुने गरी सत्ता हस्तान्तरण गर्ने बताएका थिए । ट्रम्पले राजनीति कठिन तर धेरै कुरामा राम्रो पनि भएको बताउँदै पछि पनि राम्रो हुने बताएका थिए । साथै आतिथ्यताको निम्तो दिएको भन्दै बाइडेनको सह्राना गरेका थिए । भेटमा उपराष्ट्रपति र डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धी कमला ह्यारिस भने उपस्थित थिएनन् । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले ह्वाइटहाउसमा निम्तो पठाएका थिए । तर सन् २०२० मा बाइडनले जित्दा ट्रम्पले ह्वाइटहाउसमा बोलाएका थिएनन् । यहाँसम्मकी ट्रम्पले बाइडनको शपथ ग्रहण समारोह नै बहिस्कार गरेका थिए । त्यतिमात्रै होइन निर्वाचन परिणाम अस्वीकार गर्दै उनका समर्थकहरुले संसद भवनमा तोडफोड समेत गरेका थिए । ट्रम्पको शपथ ग्रहण समारोहमा भने बाइडन सहभागी हुने बीबीसीले जनाएको छ । ट्रम्पले २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...