इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते



 

 

लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । स्थानीय समयअनुसार आइतबार राति गरेको हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ । इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्ध आक्रमण तीव्र बनाइरहेको बेला यो हमला भएको हो । उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल (आइडीएफ) ले जनाएको छ । हिजबुल्लाहको मिडिया युनिटले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेकोमा त्यसको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको प्रतिक्रिया दिएको छ । इजरायली रक्षा बल (आइडीएफ)का अनुसार ड्रोन हमला साँझ ७ बजेभन्दा पहिले भएको थियो। इजरायली सञ्चारमाध्यमका अनुसार सैन्य बेसभित्र एउटा डाइनिङ हललाई निशाना बनाइएको थियो । हमलामा थप ७ जना सैनिक गम्भीर घाइते भएका र उनीहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ । ड्रोन आउनुअघि खतराको संकेत दिने कुनै पनि साइरन नबज्नाले इजरायली सेनाले सुरक्षा मापदण्ड अपनाउने समय नै नपाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ०२ : ४१  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०