पक्राउ परे पूर्व सांसद ढाका कुमार श्रेष्ठ



 

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ परेका छन्। श्रेष्ठले लागुऔषध बिक्री गरेको पाइएकाले बिहीबार उनलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए। थापाका अनुसार लागुऔषध प्रयोगकर्ताले दिएको जानकारीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन्। ‘एक महिनाअघि लागुऔषध सहित पक्राउ परेका व्यक्तिलाई कहाँबाट किन्नुभयो भनेर सोध्दा दिया फार्मेसीबाट भन्ने जानकारी दिए,’ एसपी थापाले भने, ‘दिया फार्मेसी ढाकाकुमार श्रेष्ठको नाममा रहेछ, अनि पक्राउ गरेका छौं।’ प्रहरीले श्रेष्ठलाई लागुऔषध बेचविखन सम्बन्धी मुद्दा चलाउने पनि एसपी थापाले बताए। लागुऔषध बेचविखनमा पक्राउ परेका श्रेष्ठलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक गतिविधि गरेको भन्दै सांसद र पार्टी सदस्यबाट निस्कासन गरेको थियो। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपैयाँ मागेकाले दिन भनेका थिए। उक्त टेलिफोन संवाद सार्वजनिक भएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्