कमला ह्यारिस मार्क्सवादी हुन् : ट्रम्प



 

 

अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । प्रेसिडेन्सियल डिबेटका क्रममा ट्रम्पले बुधबार बिहान ह्यारिसमाथि यस्तो आरोप लगाएका हुन् । ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको भन्दै ट्रम्पले ह्यारिस पनि सोही बाटोमा हिंडेको आरोप लगाए । ‘यिनी मार्क्सवादी हुन्, सबैलाई थाहा छ यिनी मार्क्सवादी नै हुन्,’ ट्रम्पले प्रत्यक्ष बहसका क्रममा सामुन्नेमा रहेकी डेमोक्रयाट उम्मेदवार तथा हालकी उपराष्ट्रपति ह्यारिसबारे आरोप लगाए । ट्रम्पले अघि भने, ‘यिनका पिता मार्क्सवादी प्राध्यापक थिए । छोरीलाई पनि राम्रैगरी मार्क्सवाद पढाएका छन् । पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार ट्रम्पले लगाएको आरोपमा ह्यारिसले भने आफू पुँजीवादकै समर्थक भएको बताइरहिन् ।आफ्ना पिता मार्क्सवादी बौद्धिक भए पनि आफूले हालको अमेरिकी बाटो नै पछ्याउने ह्यारिसको भनाइ थियो । ‘म पुँजीवादकै समर्थन गर्छु, ममाथि यिनले लगाएको यो आरोप बेकार हो,’ ह्यारिसले भनिन् । ट्रम्पले ह्यारिसले इजरायललाई घृणा गर्ने गरेको र अमेरिकालाई भेनेजुयला बनाउन लागेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई