बेचन झा हिरासतमा गीता पाठ गरेर बस्छन्



हाम्रो इकोनोमि

 

बेचन झा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा  असार १४ गते पक्राउ परेका थिए । झा अहिले हिरासतमा धार्मिक ग्रन्थ श्रीमद भगवत् गीता पाठ गरेर बस्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।  धार्मिक स्वभावका उनलाई अरू थुनुवासँगै राखिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘उहाँ गीता पढेर बस्नुहुन्छ ।’ ‘मन्त्रिपरिषद्बाट निर्णय गराउँछु’ भनेर उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, बेचनले सो आरोप अस्वीकार गरेका छन् । चेकबारे बयानमा बेचनले भनेका छन्, ‘चेकमा कसैले मेरो नाम भरिदियो होला ।’ बेचनको बयानबाट शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहको ‘कनेक्सन’ खुल्छ भन्ने आकलन थियो । तर, उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेसँगै राजनीतिक कनेक्सन खुलेन । बयान लिएर प्रहरीले उनलाई थुनामा राखिरहेको छ ।

शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेर धरौटीमा छुटेका रामशरणले केसीले उनलाई चेक दिएको बयानमा खुलाएका छन् । चेक दिनेबलामा भेट्दा रामशरण र झाको बिचमा भएको कुराकानीको अडियो प्रहरीले बरामद गरेको छ । तर, बेचनले रामशरणसँग भेटेको कुरा पनि अस्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न ती अधिकृतका अनुसार बेचनले बयानमा भनेका छन्, ‘मैले रामशरणलाई भेटेको छैन, अडियोमा बोल्ने मानिस म होइन, मेरो आवाज नै होइन ।’ केसीका अनुसार २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् । तर, प्रहरीले चेक बरामद गर्न सकेको छैन । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले पर्साबाट नागरिकता लिएका छन् । तर, झाको साथमा भारतीय आधार कार्ड समेत भेटिएको छ । 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...