नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित



हाम्रो इकोनोमि

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा ८ र ९ का बिरामीहरूकाे गत शनिबार निशुल्क स्वास्थ्य परिक्षण गरियो । शिविरमा पुरुष भन्दा महिलाको संख्या बढी थियाे । भानु ८ र ९ बाहेक वडा ७, १० र लमजुङ राईनासबाट पनि बिरामी थिए । बिराीहरूलाई निशुल्क औषधि पनि वितरण गरिएको थियाे । काठमाडौं नाक,कान,घाँटी अस्पतालका वरिष्ठ डाक्टर प्रकाशबहादुर थापाको नेतृत्वमा रहेको टिमले २०० जनाको परिक्षण गर्यो ।
नमस्ते सहकारीमा आबद्ध प्रतिभा श्रेष्ठले यो भेगमा नाक, कान, घाँटी काे िनशुल्क परिक्षणको सेवा उपलब्ध हुनु अहोभाग्य हो भन्दै आगामी दिनमा अन्य रोग्को शिविर सन्चालन हुनेमा आशावादी छु भन्नुभयो । नमस्ते सहकारीमै आबद्ध सम्झ्ना श्रेष्ठले पनि यो शिविरबाट स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि उपलब्ध हुदा अत्यन्त लाभान्वित भएको छु भन्नुभयो ।



परिक्षणपछिको समापन कार्यक्रममा डा प्रकाश बहादुर थापा, श्रीकृष्ण श्रेष्ठ , गणेश श्रेष्ठ , वडा सदस्य शर्मिला बिक, विष्णुलाल श्रेष्ठ , सुदिप श्रेष्ठ , बुद्ध श्रेष्ठले मन्तव्य राख्नुभयो । शिविरमा सहयोगी भुमिका खेल्नुहुने स्वास्थ्य टिम, अस्पताल, वडालाई धन्यवाद पत्र र सम्झनाको उपहार प्रदान गरिएको थियो ।

शिविरमा स्थानीय क्याम्पस, विद्यालय, स्थानिय सुरक्षा निकाय,महिला समाज, सहकारी र अन्य निकायबाट प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...