इजरायलमा कस्तो छ नेपालीको अवस्था ?



हाम्रो इकोनोमि

 

 

इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू भएको छ । यसअघि युद्धमा परेर धेरै जना नेपालीहरूले ज्यान गुमाएका कारण इजरायलमा भएका स–साना सांघातिक हमलाहरूमा पनि नेपालमा रहेका परिवार र आफन्तजनले चिन्ता गर्ने अवस्था बनेको छ । तर इजरायलस्थित नेपाली राजदूतावासले भने त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेपनि नेपालीहरू भने सुरक्षित रहेको जनाएको छ । दूतावासले नेपालीहरुलाई कुनै समस्या परेर दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरे । दूतावासले जारी गरेको विज्ञिप्तमा द्धितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ । ‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।’ दूतावासले विज्ञप्तिमार्फत् भनेको छ । यसअघि हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यसबेला हमासको कब्जामा परेका विपीन जोशी अहिलेसम्म पनि स्वदेश फर्किन पाएका छैनन् । त्यसबेला सरकारले जहाज नै पठाएर इजरायलबाट नेपालीहरुको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...