कांग्रेसका महामन्त्री थापा इलाम-२ को चुनाव प्रचारमा



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धन भत्किएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले इलाम २ को उपचुनावलाई प्रतिष्ठा बनाएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समर्थन गरे पनि कांग्रेसले एक्लै जित्नै रणनीतिका साथ अगाडि बढेको हो । वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । उनी गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग १४४ मतले मात्रै पराजित भएका थिए । त्यसैले अहिले इलाममा आफ्नो पक्षमा माहोल बनाउन कांग्रेसका शीर्ष नेताहरू खटिएका छन् । त्यहाँ कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएर पठाएको छ । उम्मेदवार चयन गर्नुअघि नै इलामको ग्राउण्ड रिपोर्ट बुझेका शर्मालाई नै अहिले खड्कालाई जिताउने जिम्मेवारी दिएर पठाएको छ । खड्काको पक्षमा माहोल बनाउनको लागि अहिले अर्का महामन्त्री गगन थापा पनि इलाम पुगेका छन् । शर्मालाई साथ दिनको लागि गगन इलाम पुगेको बताइन्छ । महामन्त्री थापा अहिले चुनावी अभियान अन्तर्गत नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । त्यहाँ कांग्रेसलाई एमाले मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार (पहिचानवादी) डकेन्द्रसिंह थेगिम लिम्बू पनि चुनौती बनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...