सरकारमा सहभागी पार्टीका सबै मन्त्रीलाई ओलीले बोलाए बालकोट



 

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी पार्टीका सबै मन्त्रीलाई बालकोट बोलाएका छन् । अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन् । पछिल्लो समय प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच द्विपक्षीय भेटवार्ता बाक्लिएका वेला एमाले अध्यक्षले मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाउनुलाई सत्ता राजनीतिमा चासोका साथ हेरिएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बेग्लाबेग्लै भेटवार्ता चलिरहेका छन् । ती भेटवार्तामा लामो समयसम्म नेताहरू छलफलमा बसेको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच आजै पनि भेटवार्ता भएको छ । ओली र देउवाको पछिल्लो भेटपछि भने राजनीतिक वृत्त तरंगित बनेको छ । सामाजिक सञ्जालहरूमा त्यसलाई सम्भावित सत्ता परिवर्तनको तयारीका रूपमा चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको