राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो



 

 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन् । सत्ताको नेतृत्व गरिरहेको एमालेबाट अमेरिका, चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन् । भने, कांग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको राजदूत लिने सहमति बनेको एमाले निकट स्रोतले बतायो । स्रोतले भन्यो,  यो  आठ देशको राजदूतमा दुई दलबीच सहमति भइसकेको छ, अब अरू रिक्त रहेका देशमा पनि चाँडै टुंग्याएर नियुक्ति गर्ने सरकारको तयारी छ । यसअघि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ११ देशको राजदूत फिर्ता बोलाएको थियो । फिर्ता बोलाइएका अधिकांश कांग्रेसको कोटाबाट नियुक्त भएका थिए । अहिले कांग्रेस र एमाले मिलेर सरकार बनेपछि माओवादी, नेकपा एसको कोटाबाट नियुक्ति भएका राजदूतलाई पनि फिर्ता बोलाएर सबै एकै पटक नियुक्ति गर्ने गरी गृहकार्य भइरहेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस
यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

     पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा