ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त



 

 

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बिहिबार बसेको बैठकले रेग्मीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । बैंकका नवनियुक्त प्रमुख कार्यकारी रेग्मीको कार्यकाल यही भदौ एक गतेबाट सुरु हुने छ । बैंकका हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदै छन् । रेग्मीसंग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ । उनले राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । बैंकको क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेको अनुभव रेग्मीसँग छ । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दागर्दै छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न गएका थिए । त्यसपछि फर्किएर केन्द्रीय कार्यालयमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका छन् । पछिल्लो १६ वर्षयता रेग्मी ग्लोबल आईएमई बैंकमा कार्यरत छन् । उनले ग्लोबल आईएमई बैंकमा नायब प्रबन्धकबाट २०६५ मा सेवा सुरु गरेका थिए । तीन वर्षअघि बैंक सञ्चालक समितिले रेग्मीलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । त्यसअघि १३ वर्षसम्म उनले बैंकका विभिन्न विभागमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई