ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव



 

 

दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्षउन्मुख रहेको स्रोतले दाबी गर्‍यो । दुई दलबीच ‘पावर सेयरिङ’ लाई लिएर घनिभूत कुराकानीहरू भइरहेका छन् । तर, अहिलेसम्म सबै भेटघाटहरूलाई गोप्य राखिएको छ । दुवै पार्टीका सीमित नेतामात्रै छलफलमा छन् । कांग्रेस र एमाले मिल्न लागेपछि आत्तिएको बालुवाटारले हिजो कांग्रेसलाई अर्को काउन्टर प्रस्ताव गरेको थियो । बुझिएअनुसार कांग्रेस, माओवादी र रास्वपासहितको अर्को समीकरण बालुवाटारबाट गए पनि कांग्रेस यसमा सकारात्मक भएन । संसदको बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो । आधा कार्यकाल ओली र त्यसपछिको आधा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको छ । हाल संसदमा कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल हो । यी दुवै दल मिल्दा १६६ सांसदको समर्थनसहित बलियो सरकार गठन हुन्छ । यो भनेको दुईतिहाइ बहुमतका लागि आवश्यक संख्या (१७४) भन्दा थोरै कम हुन्छ । कांग्रेस-एमाले सरकारमा अन्य साना दलहरूलाई पनि मिसिएमा सहजै दुईतिहाइ पुग्न सक्छ । दुईतिहाइको सरकार बनेमा आवश्यक पर्दा संविधान संशोधन गर्न सक्नेसम्मको शक्तिशाली हुनेछ । एमाले अध्यक्ष ओली आज बालुवाटार पुगेर प्रधानमन्त्रीसँग लामो छलफल गरेका छन् । हिजो प्रचण्ड, ओली र रवि लामिछानेबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।