ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव



हाम्रो इकोनोमि

 

 

दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्षउन्मुख रहेको स्रोतले दाबी गर्‍यो । दुई दलबीच ‘पावर सेयरिङ’ लाई लिएर घनिभूत कुराकानीहरू भइरहेका छन् । तर, अहिलेसम्म सबै भेटघाटहरूलाई गोप्य राखिएको छ । दुवै पार्टीका सीमित नेतामात्रै छलफलमा छन् । कांग्रेस र एमाले मिल्न लागेपछि आत्तिएको बालुवाटारले हिजो कांग्रेसलाई अर्को काउन्टर प्रस्ताव गरेको थियो । बुझिएअनुसार कांग्रेस, माओवादी र रास्वपासहितको अर्को समीकरण बालुवाटारबाट गए पनि कांग्रेस यसमा सकारात्मक भएन । संसदको बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो । आधा कार्यकाल ओली र त्यसपछिको आधा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको छ । हाल संसदमा कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल हो । यी दुवै दल मिल्दा १६६ सांसदको समर्थनसहित बलियो सरकार गठन हुन्छ । यो भनेको दुईतिहाइ बहुमतका लागि आवश्यक संख्या (१७४) भन्दा थोरै कम हुन्छ । कांग्रेस-एमाले सरकारमा अन्य साना दलहरूलाई पनि मिसिएमा सहजै दुईतिहाइ पुग्न सक्छ । दुईतिहाइको सरकार बनेमा आवश्यक पर्दा संविधान संशोधन गर्न सक्नेसम्मको शक्तिशाली हुनेछ । एमाले अध्यक्ष ओली आज बालुवाटार पुगेर प्रधानमन्त्रीसँग लामो छलफल गरेका छन् । हिजो प्रचण्ड, ओली र रवि लामिछानेबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...