८७ प्रतिशत मत ल्याएर पुटिन रुसी राष्ट्रपतिमा विजयी



हाम्रो इकोनोमि

 

 

रुसी राष्ट्रपति चुनावमा भ्यादिमिर पुटिन फेरि विजयी भएका छन् । उनी पाँचौं पटक रुसको राष्ट्रपति भएका हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार ८७ प्रतिशत मत ल्याएर पुटिन विजयी भएका हुन् । शुक्रबारबाट आइतबारसम्म भएको मतदानमा ७४ प्रतिशत मत खसेको बताइएको छ । आइतबारको चुनावी घोषणाििपछ पुटिनले सार्वजनिक विजयी भाषण गरेका छन् । भाषणमा उनले रुस बलियो, स्वतन्त्र र सार्वभौम देश बनाउने आफ्नो सपना भएको बताएका छन् । रुसी जनता एक भएको अवस्थामा भविष्यका सबै समस्याहरुबाट पार लाग्न सकिने पुटिनले बताएका छन् । चुनावकै आसपासको समयमा युक्रेनले रुसी सीमा मिच्नलाई पाँच हजार सैनिक पठाएको तर रुसी प्रतिकारमा परेर चालिस प्रतिशतले ज्यान गुमाएको पुटिनले बताएका छन् । उनले भनेका छन्, ‘जो जो रुसी सीमानामा घस्रेर आए उनीहरु कोही जिवित छैनन् । दुस्मन पिसिन चाहान्छन् भने हामी यसबाट लाभान्वित नै छौँ ।’ आधुनिक विश्वमा जे पनि सम्भावना भएको भन्दै पुटिनले नेटोले आफ्ना सैनिक युक्रेनमा पठाउन सोचेको बताएका छन् । तर, त्यसो गर्नु तेस्रो विश्व युद्धभन्दा एक कदम पछि मात्रै हुने भन्दै उनले कसैको त्यता रुचि नभएको बताए । सन् २००० मा रुसी सत्तामा आएका पुटिन त्यसयता प्रधानमन्त्री तथा राष्ट्रपतिको रुपमा निरन्तर सत्तामा छन् । त्यस अगाडि उनी सेन्ट पिटर्सबर्गको उपमेयर थिए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...