अध्यक्ष यादव सहित जसपाबाट दुईजना मन्त्री बन्दै



 

 

जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री बन्दै हुनुहुन्छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र साहलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्दैहुनुहुन्छ । जसपाबाटै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैहुनुहुन्छ ।

यादव र साहले बिहान ११ बजे शितलनिवासमा मन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । यसअघि नै सत्ता गठबन्धनको एक घटकका रुपमा रहेको जसपाले प्रधानमन्त्री दाहाललाई कांग्रेससँग गठबन्धन तोड्दादेखि नै साथ दिएको थियो । तर, मन्त्रिपरिषद् विस्तारमा भने पार्टीभित्रको विवादका कारण नाम पठाउन सकिरहेको थिएन । आफूले चाहेको मन्त्रालय पाउने भएपछि अध्यक्ष यादव आफै सरकारमा सहभागी हुनुभएको छ । यसअघि कांग्रेससँगको गठबन्धन सरकारमा पनि मन्त्री बन्न चाहेका यादव उपप्रधानमन्त्री बन्न नपाउने भएपछि सरकारमा जानुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्