विपक्षीको संसदमा प्रश्न : मन्त्रीलाई पद छोड्न केले छेकेको छ ?



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरूले विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्‍याएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसद गोकुल बाँस्कोटाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालासहित भ्रष्टाचारमा मुछिएर अख्तियारमा  बयान दिएका मन्त्रीहरूको राजीनामा किन नदिएको र प्रधानमन्त्रीले किन नहटाएको भन्दै प्रश्न गरेका हुन् ।  ‘मन्त्रीहरूको राजीनामा के ले रोकेको छ ? फागुन ६ गतेदेखि एउटै कुरा प्रतिपक्षले उठाइरहेको छ । तर सरकारको कानमा कसैले रुवा खाँदेको छ कि ?’, बाँस्कोटाले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्री स्वयं आफैले बालकुमारी घटनाबारे बोल्नुभएको छ, अरू सुशासनबारे पनि बोल्नुभएको छ ।’ उनले प्रतिपक्षले उठाएका विषयमा सभामुख आफैले पनि बारम्बार रुलिङ गरे पनि अदेखा गरेको बताए । ‘तर सरकारको कानमा बतास लागेन ।’  उनले सुन्दर शब्दको आवश्यकता नभएको भन्दै मिटर ब्याज पीडितका लागि बनेको कानुन कार्यान्वयन नभएको, दूध किसानले मूल्य नपाएको भन्दै  कृषि मन्त्रालय के गर्दै छ ? भनेर प्रश्न समेत गरे ।

  1. सभामुखले संसद्को कारबाही सुरु हुन्छ, भन्नेवित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बाँस्कोटालाई बोल्न समय दिएका दिएका थिए । त्यसपछि राप्रपाका सांसद राजेन्द्र लिङदेनले मिटर ब्याज पीडितका समस्या समाधान नभए आगामी बैठक अवरोध गर्ने चेतावनी दिए । लिङदेन बोलिसकेपछि पुन विपक्षी सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि रास्वपाका सांसद रवि लामिछानेले बोल्न समय पाए । बैठकमा उनले मन्त्रीहरूका बारेमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई के कुराले रोकेको छ भनेर प्रश्न गरे । साथै उनले मिटर ब्याज पीडितहरू २३ दिन हिँडेर काठमाडौँ आउनुपरेको भन्दै उनीहरूलाई हिँड्न कसले बाध्य पार्‍यो ? भनेर प्रश्न गर्दै सामन्तवादको अवशेष अझै कायमै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...