रुसी सेनाबाट छिटो उद्धार गरिदिन परिवारको माग



हाम्रो इकोनोमि

 

 

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका हुन् । उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान पदम २ महिनादेखि सम्पर्कविहीन भएको बताए । उनका अनुसार सेनामा भएका भएका पदमले २ पटक भाग्ने प्रयास गरेका थिए । तर दुबै पटक रुसी सेनाले समाएर लग्यो । त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको सम्झँदै उनले गहभरी आँसु पार्दै भनिन्, ‘त्यहाँबाट फोन गर्नु भएको छैन । उनले थप बोल्न सकिनन् । कार्यक्रममा सहभागीको रुवाबासी नै चल्यो ।

सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको बताए । ७ लाख रुपैयाँ खर्च गएर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग अन्तिम पटक २५ असोजमा कुराकानी भएको उनले बताए । उनीसँग बन्करमा भएका केही नेपाली घाइते भएको थाहा पाएको भन्दै उनले भने, ‘भाग्यो कि युक्रेनले समात्यो थाहा छैन । खोटाङकी शिला राईले रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेका बताइन् । २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन उनले आग्रह गरिन् । पत्रकार सम्मेलनमा रुसी सेनामा भागेका आए सुमन राईले त्यहाँ करिब १४/१५ हजार नेपाली हुनसक्ने सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...