रुसी सेनाबाट छिटो उद्धार गरिदिन परिवारको माग



 

 

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका हुन् । उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान पदम २ महिनादेखि सम्पर्कविहीन भएको बताए । उनका अनुसार सेनामा भएका भएका पदमले २ पटक भाग्ने प्रयास गरेका थिए । तर दुबै पटक रुसी सेनाले समाएर लग्यो । त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको सम्झँदै उनले गहभरी आँसु पार्दै भनिन्, ‘त्यहाँबाट फोन गर्नु भएको छैन । उनले थप बोल्न सकिनन् । कार्यक्रममा सहभागीको रुवाबासी नै चल्यो ।

सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको बताए । ७ लाख रुपैयाँ खर्च गएर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग अन्तिम पटक २५ असोजमा कुराकानी भएको उनले बताए । उनीसँग बन्करमा भएका केही नेपाली घाइते भएको थाहा पाएको भन्दै उनले भने, ‘भाग्यो कि युक्रेनले समात्यो थाहा छैन । खोटाङकी शिला राईले रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेका बताइन् । २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन उनले आग्रह गरिन् । पत्रकार सम्मेलनमा रुसी सेनामा भागेका आए सुमन राईले त्यहाँ करिब १४/१५ हजार नेपाली हुनसक्ने सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ