झारखण्डका मुख्यमन्त्री भ्रष्टाचारको आरोपमा पक्राउ



हाम्रो इकोनोमि

 

 

जमीन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ पर्नुभएको छ ।आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री बनेको सोरेनलाई केन्द्र सरकार मातहत रहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेलगत्तै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । ईडीका अधिकारीहरूले बुधबार दिनभर मुख्यमन्त्री सोरेनसँग उहाँको निवासमै पुगेर बयान लिएका थिए । सो प्रकरणमा उहाँ दोषी हुनसक्ने देखेपछि ईडीले उहाँलाई बुधबार राति नियन्त्रणमा लिएको हो । पक्राउ परेका मुख्यमन्त्री सोरेनले बुधबार राति नै राज्यपाल कहाँ पुगेर राजीनामा बुझाउनुभएको छ । ईडीले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्दै आएको छ ।

राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्री सोरेनको संलग्नता रहेको ईडीको आरोप छ । सो राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले जग्गा बिक्री प्रकरणमा मुख्यमन्त्री सोरेनलाई कारबाही गर्न माग गर्दै आएको थियो । ईडीले सोरेनलाई बयानका लागि प्रयास गरेपनि उहाँले अस्वीकार गर्दै आउनुभएको थियो । दुई दिनअगाडि उहाँको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो  । त्यहाँबाट उहाँको ३६ लाख रुपैयाँ नगद र एउटा बीएमडब्ल्यु कार फेला पारेका थियो ।

सोरेनले राजीनामा दिएपछि झारखण्डमा नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ । उहाँको पार्टीले चम्पई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छ । उहाँलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेश गरेको छ । ८१ सदस्यीय विधानसभामा झारखण्ड मुक्ति मोर्चाको २९ र भाजपाको २६ सदस्य छन् । त्यहाँ कांग्रेसको समर्थनमा सोरेन मुख्यमन्त्री थिए  । पुनः मोर्चा र कांग्रेसकै गठबन्धनले सरकार बनाउने दाबी गरेको छ  ।

ईडीले दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई पनि निगरानीमा राखेको छ । यसअघि ईडीले केजरीवाललाई पनि बयानका लागि बोलाएको थियो । तर केजरीवालले पनि बयानका लागि अस्वीकार गर्दै आउनुभएको छ । उहाँमाथि मदिरा बिक्रीको लाइसेन्समा भ्रष्टाचार गरेको आरोप लागेको छ । सो मुद्धामा ईडीले एक वर्ष अगाडि उक्त मुद्दामा केजरीवाल सरकारका उपमुख्यन्त्री मनीष सिसोदियालाई पक्राउ गरेको थियो  ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...