युक्रेनी युद्धबन्दी बोकेको रूसी सैनिक विमान दुर्घटना, ७४ जनाको मृत्यु



 

रूस-युक्रेन सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको इलुसिन-७६ सैन्य विमान दुर्घटना भएको हो। त्यसमा ६५ जना युक्रेनी युद्धबन्दी र चालक दलका ६ सदस्य र तीन जना रूसी सैनिक सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रूस र युक्रेनबीच बन्दी आदानप्रदानको सहमति भएको केही घन्टामा उक्त घटना भएको हो। युक्रेनले एन्टीक्राफ्ट  मिशाइल आक्रमणबाट जहाज खसालेको रूसले आरोप लगाएको छ।  रूसी रक्षा मन्त्रालयले युक्रेनले खार्किभ क्षेत्रबाट एन्टीक्राफ्ट मिसाइल प्रहार गरेको र त्यसलाई फ्लाइट राडार उपकरणले देखाएको बताएको छ। रुसी संसदका सदस्य तथा सेवानिवृत्त जनरल आन्द्रेई कार्तपोलोभले दुर्घटनाग्रस्त विमानमा तीनवटा मिसाइल प्रहार भएको बताएका छन् । जवाफमा युक्रेनको सैनिक कमाण्डले बेलगोरोडतर्फ आउने रूसी सैन्य विमानलाई वैध लक्ष्यका रूपमा लिने भएपनि युद्धबन्दी रहेको विमानमा क्षेप्यास्त्र प्रहार भएको विषयमा भने प्रतिक्रिया नदिएको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले परिषद् बैठक : आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक

गुल्मी, अर्घाखाँची र नवलपरासीमा डढेलोले ७० बढी घरगोठ जले

    वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतंक

रन्जिता र निर्वाचन आयोग विरुद्धको मुद्दाको सुनुवाइ हुदै

     नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा

एमाले परिषद् बैठकमा आज समूहगत छलफल हुँदै

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो