दिल्लीमा वायु प्रदूषण



हाम्रो इकोनोमि

 

वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको राजधानी नयाँदिल्लीमा प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । द क्विन्टको हिन्दी संस्करणका अनुसार प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि १० नोभेम्बर (कात्तिक २४ गते) सम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । यसैगरी कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने छ ।

दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताएका छन् । भारतीय मिडियाहरुका अनुसार दिल्लीको वायु प्रदूषण अति गम्भीर स्तरमा पुगेको छ । दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतबार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । ५ नोभेम्बर -आइतबार) बिहान ७ बजेको रेकर्ड अनुसार दिल्लीका वजिपुर, शादीपुर, द्वारका, पन्जाबी बाग, मुंडका, लोधी रोड, ओखला लगायतका क्षेत्रमा वायु प्रदूषणको स्तर उच्च श्रेणीमा पुगेको छ ।

दिल्लीमा बाक्लो तुवाँलो लागेको जस्तो देखिएको छ । दृष्य धमिलो छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार यस्तो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ । वायु प्रदूषणबाट बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास सम्बन्धी समस्याका दीर्घ रोगीहरु बढी प्रभावित भएका छन् । धेरै मानिसहरूले आँखा पोल्ने, चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् ।

दिल्लीमा सामान्यतया नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरुमा वायु प्रदूषण उच्च हुने गरेको छ । नजिकैका राज्यहरू, विशेष गरी उत्तर प्रदेश, हरियाणा, पञ्जाब लगायत स्थानका किसानहरूले पराल जलाउनु र सवारी साधनबाट निस्किने विशाक्त धुँवालाई वायु प्रदूषणको प्रायः प्रमुख कारणको रूपमा लिने गरिएको छ ।

द क्विन्टका अनुसार दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले पन्जाबमा गत वर्षको तुलनामा कम पराल जलाइएको छ । पन्जाबको परालको धुँवाको असर दिल्लीमा धेरै छैन, जति हरियाणा र उत्तर प्रदेशको छ । हावाको गति पनि मन्द भएकाले पन्जाबको धुँवा दिल्लीसम्म नआएको मन्त्री रायको अनुमान छ । उनका अनुसार हरियाणा र उत्तर प्रदेशमा जलाइएको परालको धुँवा दिल्ली आएको छ । त्यसैले दिल्लीको आकाशमा चारैतिर धुँवैधुँवामात्र छ ।

यसैबीच मन्त्री रायले आज मध्याह्न प्रदूषण नियन्त्रणको उपायबारे छलफल गर्न सम्बन्धित विभागका अधिकारीहरुसहितको बैठक बोलाएका छन् । बैठकमा यातायात, शिक्षा, प्रहरी र प्रदूषण नियन्त्रण समितिका अधिकारीहरु संलग्न हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...