एनआरएनए कार्यालय कब्जा गर्न खोज्ने आरकेमाथि बद्री केसीको जाहेरी दर्ता



हाम्रो इकोनोमि

 

 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष डा.बद्री केसीले आफूसँग चुनावमा पराजित भएका आरके शर्मासहितलाई हदैसम्मको कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएका छन् । प्रहरी वृत्त दरवारमार्गमा आज दर्ता भएको जाहेरीमा आफूसँग पराजित उपविजेता राजेन्द्र कुमार शर्मा,बुद्धिसागर सुवेदी,गंगाधर गौतम,ठाकुर प्रसाद ढुंगाना र ओम शर्मालगायतमाथि तीनवटा अलग अलग अभियोगमा कारवाहीको माग गरेका हुन् । पराजित भएपछि पनि केन्द्रीय कार्यालय कब्जा गर्ने उद्देश्यले माओवादीका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित वाइसिएलको टोली लिएर गएका शर्माको समूहले कर्मचारीमाथि समेत आक्रमण गरेको केसी पक्षले जनाएको छ ।

दर्ता भएको जाहेरीमा जीउ ज्यान र सम्पत्तिको शान्ति सुरषा,हुलदंगा गर्ने व्यक्तिहरुमाथि अभद्र व्यवहारको कसूरमा कारवाही र वैयक्तिक गोपनियता तथा प्रतिष्ठथाविरुद्धको कसूरमा कारवाहीको माग गरिएको छ । जाहेरीमा संघको कार्यालय र राष्ट्र बैकको समेत सिसिटिभी क्यामेराको फुटेज हेरेर कानूनी कारवाहीको माग गरिएको छ । उनीहरुबाट फेरि पनि कार्यालयमा तोडफोड र सम्पत्तिको हानीनोक्सानी गर्ने सम्भावना रहेकाले कारवाही माग गरिएको केसीले बताएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जाहेरीमाथि अनुसन्धान हुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...