वाईसीएल पसेपछि एनआरएन कार्यालयमा झडप



हाम्रो इकोनोमि

 

गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच तनाव भएको छ । एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टीम पुगेपछि विवाद र हातपात भएको हो ।
पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने युवा संघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।

अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए । दिउसो दुई बजेतिर आरके शर्माको टिम पनि कार्यालयमा प्रवेश गरेको थियो । पराजित पक्षनिकट स्रोतका अनुसार शर्मालाई युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेपछि उनी त्यहाँबाट सरासर फर्किए । तर, सो समूहका केही नेतामाथि घाइते हुने गरी हातपात भएको उनको भनाइ छ । पराजित पक्षले वाईसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा संघका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको थियो ।

बधाइ दिन गएको महेश बस्नेतको टोलीले भिडिओ खिच्दै मुख छाडेपछि विवाद हुँदा मोबाइल खोस्ने क्रममा ओम शर्मा भन्ने व्यक्तिको ओठमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । अन्य कसैमाथि कुटपीट नभएको उनीहरुको भनाइ छ । एनआरएन अभियन्ता पर्शु बस्नेतले भने नजिकै कार्यक्रममा सहभागी भएका महेश बस्नेत एनआरएन केन्द्रीय कार्यालयमा गएर नवनिर्वाचित नेतृत्वलाई बधाई दिने क्रममा पराजित पक्षका केही व्यक्तिले दुर्व्यवहार गर्न थालेपछि सामान्य विवाद भएको बताए । उनले युवा संघको तर्फबाट हातपात नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...