एनआरएनए निर्वाचन : अध्यक्षमा रविना थापा बलियो



हाम्रो इकोनोमि

 

 

आगामी अक्टुबर १९ मा हुन लागेको गैरआवासीय नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा अध्यक्षमा रविना थापा बलियो देखिएकी छन् । १० औं महाधिवेशनमा संघ भित्र देखिएको विवादका कारण थापा सहित कुल अचार्य र डा.बद्री केसी लाई अध्यक्ष चयन गरीएको थियो भने उनीहरु ६÷६ महिना कार्यकारी अध्यक्ष बनेर काम गरेका थिए ।

यसरी ६ महिना मात्रै कार्यकारी रुपमा अध्यक्ष बनेर संघको नेतृत्व गरेकी थापाले संघ भित्रको टुटफुट र गुटबन्दीलाई चिर्दै संघको वार्षिक साधारण सभा, विधान, सांगठनिक तथा आर्थिक प्रतिवेदन गतिविधिमाथि व्यापक छलफल गरेर सर्वसम्मतले अनुमदन गर्ने सफल भएकी थिईन् ।

सायद 1 व्यक्ति  र पाठ को फोटो हुनसक्छ

 

यसले उनी सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वका रुपमा स्थापीत भएको प्रतिनिधहरुको बुझाई छ । यो नै थापाको पहिलो जितको कारण रहेको महाधिवेशनका प्रतिनिधिहरु बताउँछन् ।

यसका साथै थापाले गैरआवसीय नेपाली नागरिकता बारेमा सरकार तथा विभिन्न राजनीतिक दलका सांसद तथा नेता र कानूनविद् संग छलपल गर्दै गरेको पहल पनि थापाले जित्ने दोस्रो आधार हो ।

 

सायद 1 व्यक्ति  र 'NRNA १ং ११ औँ अन्तराषष्ट्िय महाधिवेशन २०२३-२०२५ मेरो प्रतिबद्धता नेपालीका लागि नेपाली प्रत्येक पंजिकृत सदस्यलाई मताधिकार समृद्धि सुरक्षा, समर्पण अध्यक्ष पदको उम्मेदवार रबिना थापा VOTE' भन्ने पाठ को फोटो हुनसक्छ

 

यो बाहेक वैदेशिक लगानी न्युनतम ५ करोड बाट २ करोड कायम गर्न र नेपालमा लगानीको वातावरण बनाउन र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउन उनले देखाएको सक्रियताले रविनालाई काम गर्ने नेतृत्वका रुपमा स्थापित गराएको प्रतिनिधिहरु बताउँछन् ।

एनआरएनए को ११ औं माधिवेशनका लागि छनोट भएका प्रतिधिनिहरुसंग पुगेर हामिले कुराकानी गर्दा अधिकांशले अध्यक्षमा रविनाको नाम लिए पछि रविना नै किन भन्दै प्रश्न सोधेका थियौं ।

सायद ११ जना मानिसहरू, मञ्च  र पाठ को फोटो हुनसक्छ

 

त्यसमा उनीहरुले सबैलाई मिलाएर लैजान सक्ने एनआरएनए भित्र रविना मात्रै भएको भन्ने कुरा संगको साधारण सभाले पुष्टि गरेको, मोबाइल ब्लड बस, शौचालय निमार्ण जस्ता संघका मेघा परियोजनाहरु ७ प्रदेशमा नै समान रुपमा वितरणगरेको, संस्था भित्र आर्थिक पादर्शितामा दिएको जोडदिएको, ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा एनआरएनका खेलाडी सहभागी गराई पदक समेत जिताउन सफल बनेको, बन्द ग्लोवल एनआरएनएको प्रकाशनको पुनः सुरुवात गरेको, नेपालको पर्यटन प्रवर्धनमा अभियान सञ्चालन गरेको र संघको केन्द्रीय कार्यालयमा समस्यामा परेका गैरआवासीय नेपालीहरुका लागि सहयोग गर्न २४ सै घण्टा हटलाइन सेवा शुरुवात गरेकोले रविनालाई एकपटक पुर्ण कार्यकाल अध्यक्षका रुपमा काम गर्न दिनु पर्छ भन्ने आफुहरुको भनाई रहेको प्रतिनिधिहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...