नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि त्यहाँको अवस्था बुझ्न निर्देशन दिएका छन् । घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि निधन हुनु भएकाहरुको शवको पहिचान र नेपाल ल्याउन पहल गर्न निर्देशन दिएका हुन् । घटनास्थलका बंकरहरुमा भएका नेपाली नागरिक (विद्यार्थी समेत) हरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रधानमन्त्रीले निर्देशन गरेको प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लले बताए । उनीहरुलाई नेपाल ल्याउने व्यवस्था गर्ने विषयमा रातदिन अवस्थाको जानकारी लिने भनेका छन् । इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरेको बताए ।

उनले भने, ‘इजरायली पक्षसँग कुरा गरि आज नै युद्ध क्षेत्रका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ । हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाई भएको हो । उनले आफू पनि बङ्करमा भएका सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको तर्फबाट उद्धारको लागि सबै पक्षसँग काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...