सप्तकोशीमा पानीको बहाव घट्यो



हाम्रो इकोनोमि

 

सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न थालेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास हो । यद्यपि मध्यान्ह गरिएको मापन अनुसार पानीको बहाव ३ लाख ६५ हजार क्युसेक प्रतिसेकेण्डमा झरेको छ । बिहान सप्तकोशीमा ४ लाख ५२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव थियो । यो रेकर्ड ३४ वर्षयताकै उच्च हो । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातो बत्ती बाल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...