सप्तकोशीमा पानीको बहाव घट्यो



हाम्रो इकोनोमि

 

सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न थालेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास हो । यद्यपि मध्यान्ह गरिएको मापन अनुसार पानीको बहाव ३ लाख ६५ हजार क्युसेक प्रतिसेकेण्डमा झरेको छ । बिहान सप्तकोशीमा ४ लाख ५२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव थियो । यो रेकर्ड ३४ वर्षयताकै उच्च हो । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातो बत्ती बाल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...