अमेरिकी राष्ट्रपतिलाई ज्यान मार्ने धक्की दिने वृद्धको गोली हानी हत्या



 

 

अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्तिको सुरक्षाकर्मीले गोली हानी हत्या गरेका छन् । उनी अमेरिकाको उटाहका वासिन्दा थिए । बाइडेन उटाह भ्रमणमा आउनुभन्दा केही घण्टाअघि फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन ९एफबीआई० ले अभियुक्त लुकेको ठाउँमा छापा मारेको थियो । आफ्ना विशेष एजेन्टहरूले अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरेको तर अभियुक्तको आक्रामक व्यवहारका कारण कारबाहीमा मारिएको एफबीआईले बताएको छ । सुरक्षा एजेन्सीले अभियुक्तको पहिचान खुलाएको छैन तर मिडिया रिपोर्टका अनुसार उटाहको संघीय अभियोजकले दायर गरेको उजुरीमा आरोपीको नाम क्रेग रोबर्ट्सन रहेको छ । मिडिया रिपोर्टका अनुसार आरोपी क्रेग रोबर्टसन करिब ७० वर्षका थिए र उनले आफूलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर समर्थक बताएका थिए । वृद्धले सुरक्षाकर्मीलाई नै बन्दुक ताकेपछि उनमाथि गोली चलाइएको एफबीआइको दावी छ । उनीमाथि राष्ट्रपतिमाथि धम्की दिएको तथा ल इन्फोर्समेन्ट अफिसरहरुलाई प्रत्याक्रमण गर्न खोजेको आरोप छ । अभियुक्तसँग एउटा राइफल र अन्य थुप्रै हतियार रहेको अधिकारीहरुले बताएका छन् । बाइडेन बुधबार बिहान उटाह आउनु अगाडि रोबर्ट्सनले धम्की दिएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, “I hear Biden is coming to Utah. Cleaning the dust off the M24 sniper rifle. Welcom (sic), buffoon-in-chief ! रोबर्ट्सनले केही महिनादेखि उपराष्ट्रपति कमला ह्यारिस लगायत डेमोक्रेटिक नेताहरु तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा चलाउने अधिकारीहरुविरुद्ध पनि अनलाइनमा धम्कीहरु लेखेका थिए ।सेप्टेम्बरमा एउटा पोस्ट गर्दै उनले लेखेका थिए, “The time is right for a presidential assassination or two. First Joe then Kamala !!! रोबट्रसनले डेमोक्रेटहरुलाई सिध्याउने अस्त्र भन्दै एउटा सेमिअटोमेटिक राइफल तथा अन्य हतियारको तस्वीर सामाजिक सञ्जालमै पोस्ट गरेका थिए । ती तस्वीरहरुसहित प्रहरीमा उजुरी परेको थियो । त्यसपछि एफबीआइले उनीमाथि छानविन गरिरहेको थियो । उनी एक काष्ठ व्यवसायी रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्