चिनियाँ विदेशमन्त्री छिङ काङ बर्खास्त



हाम्रो इकोनोमि

 

 

गत जुन २५ बाट सार्वजनिक जीवनमा नदेखिएका विदेशमन्त्री छिङ काङलाई चीनले बर्खास्त गरेको छ । उनको ठाँउमा पुनः वाङ यीलाई ल्याइएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उदृत गर्दै कतारी विश्व च्यानल अलजजिराले जानकारी दिएको छ ।अलजजिराका अनुसार ५७ वर्षका काङको स्वाथ्यको कारण भन्दै वाङ यी ल्याइएको बताइएको छ । गत जुन २५ मा रुसी उपविदेशमन्त्री एन्द्री रुदेन्कोसँग भेटेपछि छिङ काङ सार्वजनिक भएका थिएनन् ।

कतिपय अमेरिकी मिडियाहरुले अमेरिकी समाचार वाचिकासँग प्रेम भएको समेत हल्ला गरेका थिए । तर, चीनले भनेजस्तो स्वाथ्यको कारण हो वा अमेरिकी हल्ला चलेजस्तो प्रेम सम्बन्धले हो, कुन कारण चै उनी अनुपस्थित भएका हुन् भन्नेमा अहिलेसम्म कुनै स्वतन्त्र पुष्टि हुन सकेको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रबक्ताबाट अमेरिकी राजदूत हुँदै विदेशमन्त्री भएका उनी सात महिना अगाडि मात्रै विदेशमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...