बेलायतमा नेपाली नर्सहरुकालागी कामको अबसर



हाम्रो इकोनोमि

 

 

बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका आवेदन खुला गरिएको छ । ९० दिनको समय अवधि राखेर आवेदन खुला गरिएको हो । बिहीबार काठमाडौंमा आयोजित बेलायतको स्वास्थ्य सेवामा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्बन्धमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र ब्रिटीस राजदुतावासद्धारा आयोजना गरिएको कार्यक्रम मार्फत् आवेदन खुला गरिएको हो ।

मन्त्रालयको वेव साइडमा रहेको https://ferms.dofe.gov.np/मा आवेदन दिन सकिने छ । आवेदन दिनका लागि नेपालको नसिंङ काउन्सिलमा रजिष्टर भएका नर्सहरुले, कम्तीमा तीन वर्षको नसिंङ कोर्ष पीसीएल वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, यस पेशामा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । यस्तै आवेदन दिएर छनौटमा परेका नर्सहरुले आइ ई एल टी एस मा न्युनतम ७ अंक अनिवाय ल्याउनु पर्नेछ । उनीहरुको छनौट प्रक्रिया जी टू जी प्रक्रिया बमोजिम नेपालको वैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले गर्नेछ । सम्झौता अनुसार पहिले चरणमा एक सय जना नर्सलाई बेलायत पठाइने छ । यसअघि दुई देशबीच गत ६ भदौ २०७९ मा भएको सम्झौता अनुरुप नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा कार्ययोजना पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...