भारतले नेपाललाई १५ वटा राँगो दिने सहमति



हाम्रो इकोनोमि

 

 

भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको प्रसंगले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । धेरैले चासो राखिरहेका छन्, भारतले दिएका भैंसी कहिले र कसरी नेपाल भित्र्याइन्छ ? कृषि मन्त्रालयले भने भारतले भैंसी नभएर राँगा दिएको बतायो । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किँदा राँगा पनि नेपाल ल्याउने तयारी थियो । तर, क्वारेन्टाइनलगायतका प्रक्रियामा ढिलाइ हुँदा प्रधानमन्त्रीसँग राँगाहरु आएनन् । अर्थ मन्त्रालयले नेपालको टीम पठाउन बजेट निकासामा ढिलाइ गरेकाले प्रधानमन्त्री आउँदा ल्याउन नसकिएको स्रोतले बतायो ।

दुई वर्षअघिदेखि नै नेपाल सरकारले भारतसँग ३० वटा मुर्रा राँगो मागेको थियो । तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवका पालामा भारतसँग ३० वटा राँगा मागिएको थियो । त्यसपछिका कृषिमन्त्रीहरुले पनि त्यो मागलाई निरन्तरता दिएका थिए । प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले १५ वटा राँगो दिने सहमति गरेको हो । भारतीय दूतावासले हिजो विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराएपछि सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारतबाट १५ वटा भैंसी नभई राँगा आउन लागेको बताए । तर, सामाजिक सञ्जालमा भने भैंसी भनेर चर्चा भएकाले भ्रम परेको उनको भनाइ छ । उनले भने, ‘नेपाल र भारतका प्रतिनिधिहरु रहेको सयुक्त कृषि प्राविधिक कार्य समूह छ । त्यही समूहबाट ३० वटा मुर्रा राँगो माग भएको हो । यी राँगा नेपालको भैंसीको प्रजनन प्रक्रियाको लागि ल्याउन लागिएको । यसले नस्ल सुधार गर्छ ।’ सञ्जेलका अनुसार पशु सेवा विभागको प्राविधिक टोली गएर भारतले दिने भनेको राँगाको स्वास्थ्य ठीक छ कि छैन भनेर चेकजाँच गर्नेछ । त्यसपछि मात्रै त्यो राँगो नेपाल भित्र्याइनेछ ।

नेपालले भारतसँग ३० वटा राँगो खरिद गर्ने प्रस्ताव गरे पनि भारतले सित्तैमा दिन तयार भएको उनको भनाइ छ । नेपालका पशु चिकित्सक गएर भारतले दिने राँगोको स्वास्थ्य परीक्षण गरेपछि मन्त्रालयसँग समन्वय गरेर ल्याउन अनुमति दिइनेछ । भारतले नै ती १५ वटा राँगो नेपालको सिमानमा ल्याएर छाडिदिनेछ । भारतले नेपालको सिमानामा रहेको क्वारेन्टाइनसम्म राँगो ल्याएपछि नेपालले जिम्मा लिनेछ । कृषि मन्त्रालयले राँगो आयात गर्न कर छुटसमेतको व्यवस्था मिलाइसकेको सञ्जेलले बताए । अहिले भारतबाट आयात हुने १५ वटा राँगो कसलाई दिने भन्ने जिज्ञासा पनि सामाजिक सञ्जालमा छ । कृषि मन्त्रालयले भारतबाट ल्याइने राँगा कुनै किसानलाई वितरण नगरिने बताएको छ । ती १५ वटा राँगा सरकारी कृषि फर्ममा नै राखिने छ । पशु सेवा विभागले सञ्चालन गरेको पशु प्रजनन केन्द्रहरुमा राखिने छ । स्रोतका अनुसार भारतबाट ल्याउन लागिएको राँगाको मूल्य डेढ लाख भारतीय रुपैयाँ जति पर्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...