पाकिस्तानमा हिसां भड्कियो, ६ जनाको मृत्‍यु



हाम्रो इकोनोमि

 

 

पाकिस्तानको अर्धसैनिक बलले भूतपूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेसँगै पाकिस्तानमा हिसांत्मक प्रदर्शन सुरु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार इमरानको पक्राउसँगै सुरु भएको प्रदर्शनमा हालसम्म ६ जनाको मृत्‍यु भएको छ भने देशभर इन्टरनेट सेवा समेत अवरुद्द गरिएको छ ।

इमरान नेतृत्वको पाकिस्तान तारिखे इन्साफ पार्टीका कार्यकर्ताहरु पाकिस्तानमा नाराबाजी तोडफोड तथा आगजनीमा उत्रिएको रिपोर्टमा उल्लेख छ । कार्यकर्ताहरूले गए राती रावलपिन्डीस्थित सेनाको मुख्यालय, लाहोर स्थित गवर्नर हाउस, आर्मी कमाण्डर तथा अन्य सैनिक पदाधिकारीहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।

 

 

मंगलबार पक्राउ परेका इमरान खानलाई आज अदालतमा पेश गरिनेछ । उनलाई अनुसन्धान एजेन्सी एनएबीको आदेशमा पाकिस्तानी रेन्जर्सले पक्राउ गरे पछि उनलाई सोधपुछका लागि रावलपिंडीस्थित एनएबी मुख्यालयमा सारिएको थियो।

पूर्वप्रधानमन्त्रीलाई मुद्दाको सुनुवाइका लागि एनएबी अदालत वा न्यायिक परिसरमा नभई इस्लामाबाद प्रहरी मुख्यालयमा लगिने बताईएको छ । पाकिस्तान सरकारले इमरानको ज्यान खतरामा पर्न सक्ने भन्दै यस्तो निर्णय गरेको बताएको छ । अल कादिर विश्वविद्यालय घोटाला प्रकरणमा पक्राउ परेका खानलाई अझै ४–५ दिन हिरासतमा राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...