पाकिस्तानमा हिसां भड्कियो, ६ जनाको मृत्‍यु



 

 

पाकिस्तानको अर्धसैनिक बलले भूतपूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेसँगै पाकिस्तानमा हिसांत्मक प्रदर्शन सुरु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार इमरानको पक्राउसँगै सुरु भएको प्रदर्शनमा हालसम्म ६ जनाको मृत्‍यु भएको छ भने देशभर इन्टरनेट सेवा समेत अवरुद्द गरिएको छ ।

इमरान नेतृत्वको पाकिस्तान तारिखे इन्साफ पार्टीका कार्यकर्ताहरु पाकिस्तानमा नाराबाजी तोडफोड तथा आगजनीमा उत्रिएको रिपोर्टमा उल्लेख छ । कार्यकर्ताहरूले गए राती रावलपिन्डीस्थित सेनाको मुख्यालय, लाहोर स्थित गवर्नर हाउस, आर्मी कमाण्डर तथा अन्य सैनिक पदाधिकारीहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।

 

 

मंगलबार पक्राउ परेका इमरान खानलाई आज अदालतमा पेश गरिनेछ । उनलाई अनुसन्धान एजेन्सी एनएबीको आदेशमा पाकिस्तानी रेन्जर्सले पक्राउ गरे पछि उनलाई सोधपुछका लागि रावलपिंडीस्थित एनएबी मुख्यालयमा सारिएको थियो।

पूर्वप्रधानमन्त्रीलाई मुद्दाको सुनुवाइका लागि एनएबी अदालत वा न्यायिक परिसरमा नभई इस्लामाबाद प्रहरी मुख्यालयमा लगिने बताईएको छ । पाकिस्तान सरकारले इमरानको ज्यान खतरामा पर्न सक्ने भन्दै यस्तो निर्णय गरेको बताएको छ । अल कादिर विश्वविद्यालय घोटाला प्रकरणमा पक्राउ परेका खानलाई अझै ४–५ दिन हिरासतमा राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा

माइडिया ब्रान्डका फ्यानले गर्मि मात्र नभएर बिजुलीको बिल पनि घटाउने

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले हाल बढीरहेको

जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौंमा

    जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको

भोजपुर एमालेको अध्यक्षमा मक्कर खडका निर्वाचित

    नेकपा एमाले भोजपुरको अध्यक्षमा मक्कर खडका निर्वाचित हुनुभएको छ । भर्खरै