भैरहवाबाट उडेको श्री एयरको जहाज रनवेमा फर्कियो



 

 

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि भैरहवामै फर्काइएको छ । सोमबार बिहान ९:४० मा चालक दलसहित ८१ जना यात्रु लिएर उडेको श्री एयरलाइन्सको ९ एनए एनई जहाज उडेको १० मिनेटमै फर्किएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरको इन्डिकेसनमा समस्या देखिएपछि भैरहवा नै फर्काएर अवतरण गराइएको जानकारी दिए।

भैरहवादेखि उडेको केही समयमै फर्काएर उक्त जहाजलाई सकुशल अवतरण गराइएको रावतले जानकारी दिए । जहाज उडेको निश्चित समयभित्र पांग्राहरू भित्र जानुपर्ने हुन्छ, श्री एयरलाइन्सको जहाजमा पांग्रा भित्र नगएपछि भैरहवामै फर्काएर सकुशल अवतरण गराइएको हो । अहिले सबै सामान्य अवस्थामा छ यात्रुहरू पनि सबै सकुशल हुनुहुन्छ,’ उनले भने ।

जहाजलाई आकस्मिक अवतरण गराइएकाले केही समय रन वे अवरूद्ध भएको भए पनि अहिले रनवे खाली गराइसकिएको रावतले बताए । आकस्मिक अवतरण गरेको जहाज केही समय रनवेमै रहँदा काठमाडौंबाट आएको यति एयरलाइन्सको जहाज काठमाडौं फर्किएको थियो । अहिले भने विमानस्थलको सबै अवस्था सामान्य भएको र जहाजहरूको नियमित उडान र अवतरण सुरू भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक

आधुनिक किचनका लागि माइडिया वाईफाई रेफ्रिजेरेटर, घर बाहिर बाटनै कन्ट्रोल गर्न सकिने

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको

उपेन्द्रसँग ५ जना मात्रै सांसद, अशोक राईको नेतृत्वमा ७

    अमेरिका भ्रमणमा हुँदै पार्टी विभाजन भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव

सभामुखले राखेको बैठक निष्कर्षविहीन

    सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकमा नेपाली कांग्रेसले उपप्रधान