भैरहवाबाट उडेको श्री एयरको जहाज रनवेमा फर्कियो



हाम्रो इकोनोमि

 

 

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि भैरहवामै फर्काइएको छ । सोमबार बिहान ९:४० मा चालक दलसहित ८१ जना यात्रु लिएर उडेको श्री एयरलाइन्सको ९ एनए एनई जहाज उडेको १० मिनेटमै फर्किएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरको इन्डिकेसनमा समस्या देखिएपछि भैरहवा नै फर्काएर अवतरण गराइएको जानकारी दिए।

भैरहवादेखि उडेको केही समयमै फर्काएर उक्त जहाजलाई सकुशल अवतरण गराइएको रावतले जानकारी दिए । जहाज उडेको निश्चित समयभित्र पांग्राहरू भित्र जानुपर्ने हुन्छ, श्री एयरलाइन्सको जहाजमा पांग्रा भित्र नगएपछि भैरहवामै फर्काएर सकुशल अवतरण गराइएको हो । अहिले सबै सामान्य अवस्थामा छ यात्रुहरू पनि सबै सकुशल हुनुहुन्छ,’ उनले भने ।

जहाजलाई आकस्मिक अवतरण गराइएकाले केही समय रन वे अवरूद्ध भएको भए पनि अहिले रनवे खाली गराइसकिएको रावतले बताए । आकस्मिक अवतरण गरेको जहाज केही समय रनवेमै रहँदा काठमाडौंबाट आएको यति एयरलाइन्सको जहाज काठमाडौं फर्किएको थियो । अहिले भने विमानस्थलको सबै अवस्था सामान्य भएको र जहाजहरूको नियमित उडान र अवतरण सुरू भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...