टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

अमेरिकाको टेक्ससमा फेरि एकपटक क्रस फायर भएको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सो गोलाबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चलाउन सुरु गरेको थियो । र, प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने सन्दिग्ध ऐलन पनि मारिएका छन् ।

घटनाका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा रगतले लतपतिएका मानिसहरू भुईँमा लडिरहेको देख्न सकिन्छ । भिडियोमा मारिएका आक्रमणकारी पनि देखिन्छन् । आक्रमणमा प्रयोग गरिएको बन्दुक पनि उनको शरीर नजिकै देखिन्छ । पुलिस विभागले आधिकारिक ट्विटर ह्यान्डलमार्फत मानिसहरूलाई उक्त क्षेत्रमा नजान सल्लाह दिएको छ। शेरिफको कार्यालयका प्रवक्ताले भने कि केही पीडितहरू मल भित्र फसेका छन्, हाल उनीहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो अनुसार मलमा उपस्थित धेरै कर्मचारीले भवनभित्र शरण लिएका छन् । पसलकी जिल वूलीले स्थानीय समाचार स्टेसनलाई बताइन् कि उनी आफ्नी ७९ वर्षीया आमासँग गोली चल्दा भित्र थिइन्। ‘मलाई तुरुन्तै थाहा थियो कि यो बन्दुकको गोली हो। त्यसपछि हामी भुईँमा पल्ट्यौं,’ वुलीले सञ्चारकर्मीसँग भनिन् । आजको यो हिंसात्मक घटनाबाट हाम्रा पाहुनाहरू र भाडामा लिनेहरू प्रभावित भएकोमा हामी निराश भएका छौं,’ मल सञ्चालक मध्ये एक मार्क्सले भने ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...