प्रतिकूल मौसमले हवाई उडान प्रभावित



हाम्रो इकोनोमि

 

 

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ ।

अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् । मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ । अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ ।

ट्रङ्क रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले बताए । ‘काठमाडौँ विमानस्थलमा आइएफआर उडान भइरहेको छ, अन्तर्राष्ट्रियका केही जहाज होल्डमा हुने सम्भावना छ, आन्तरिकतर्फ उडान डिले भइरहेको छ’, उनले भने । कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्स र बैंककबाट आएको थाई स्माइलको जहाज केही समय आकाशमा होल्ड भएको थियो । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागमा केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...