एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध



 

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई कार्वाही गरेको छ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न एयर इन्डियाका चालक दललाई उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ । प्राधिकरणका अनुसार शुक्रबार भएको यो घटनामा त्यही दिन एयर इन्डियाको विमान काठमाडौंमा अवतरण भएपछि सोधपुछ गरिएको थियो । त्यसदिन एयर इन्डियाका पाइलट–इन–कमाण्डले गल्ती भएको जनाउँदै माफी मागेका थिए ।

उनीहरुमाथि प्राधिकरणले उनलाई कारबाही गर्न नमिल्ने भएकाले भारतको नागरिक उड्डयन कार्यालय (डीजीसीए) लाई पत्र पठाउन लागिएको हो । प्राधिकरणले त्यो निकायले कारबाही फुकुवा नगरुन्जेल उनीहरुलाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको हो । सो घटना भएको दिन उक्त जहाजलाई हेर्ने काठमाडौं टावर अन्तर्गत रहेको कन्ट्रोल टावरमा रहेका तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पनि ग्राउन्डेड (कारबाही) गरिएको छ ।

शुक्रबार बिहान पौने नौ बजे मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान सिमरामाथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला त्यो विमानमाथि १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासी १५ हजार ३ सय फिटमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रचण्ड, ओली र रविबीच बालुवाटारमा वार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

  कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा

माइडिया ब्रान्डका फ्यानले गर्मि मात्र नभएर बिजुलीको बिल पनि घटाउने

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले हाल बढीरहेको