जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसि उपहार



 

 

अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । यसैक्रममा ललितपुर धापाखेल निवासी श्री सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर रु. २५ लाखको समृद्ध जीवन बीमा पोलीसी उपहार स्वरुप दिएका हुन् । उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ । प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख श्री मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझि प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिनुभएकोमा मगर दम्पतिलाई बधाई एवम् धन्यवाद ज्ञापन गर्नुभयो ।

पाटन शाखाका एजेन्सी म्यानेजर श्री विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा  श्री श्याम चौलागाई, एजेन्सी अफिसर श्री गोविन्द खड्का तथा शाखा प्रमुख श्री प्रकाश अधिकारी सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक

आधुनिक किचनका लागि माइडिया वाईफाई रेफ्रिजेरेटर, घर बाहिर बाटनै कन्ट्रोल गर्न सकिने

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको

उपेन्द्रसँग ५ जना मात्रै सांसद, अशोक राईको नेतृत्वमा ७

    अमेरिका भ्रमणमा हुँदै पार्टी विभाजन भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव

सभामुखले राखेको बैठक निष्कर्षविहीन

    सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकमा नेपाली कांग्रेसले उपप्रधान