जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसि उपहार



हाम्रो इकोनोमि

 

 

अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । यसैक्रममा ललितपुर धापाखेल निवासी श्री सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर रु. २५ लाखको समृद्ध जीवन बीमा पोलीसी उपहार स्वरुप दिएका हुन् । उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ । प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख श्री मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझि प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिनुभएकोमा मगर दम्पतिलाई बधाई एवम् धन्यवाद ज्ञापन गर्नुभयो ।

पाटन शाखाका एजेन्सी म्यानेजर श्री विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा  श्री श्याम चौलागाई, एजेन्सी अफिसर श्री गोविन्द खड्का तथा शाखा प्रमुख श्री प्रकाश अधिकारी सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...

लगानीको वातावरण नहुँदा कर्जा विस्तार रोकियो : राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर विगत केही वर्षयताकै न्यून स्तरमा...