त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिनभर प्रभावित



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले विमानस्थलमा आज दिनभर क्यालिब्रेसन उडान गर्ने विमानस्थल कार्यालयले जनाएको छ।

एरो थाइले ११ बजेबाट क्यालिब्रेसन उडान सुरू गरेको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार यो उडान बेलुका ५ बजेसम्म हुनेछ।

क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेको विषयमा परीक्षण गर्नेछ।

यसअवधिमा हुने अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान प्रभावित हुने उनले बताए। ‘क्यालिब्रेसन उडान सुरू भएकाले टिआइबाट हुने आजको उडानमा केही ढिलाइ हुनेछ’ उनले भने, ‘यसका लागि विमानस्थलले सम्बन्धित वायुसेवाहरूलाई पहिले नै खबर गरिसकेका छौं।’ उनकाअनुसार आज अन्तर्राष्ट्रियतर्फ ७९ र आन्तरिकतर्फ २९६ वटा उडान अवतरण रहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...