लगानीकर्तालाई सरकारले निःशुल्क जग्गा दिनुपर्छ : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष एवम् चितवन क्षेत्र नं. १ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले जग्गाको मूल्य महंगो हुँदा लगानीकर्ताहरु मारमा परेको बताएका छन् । नेकपा एमाले निकटको नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले भरतपुरमा आयोजना गरेको आगामी निर्वाचनमा ब्यावसायी भूमिका तथा उम्मेदवारको परिचयात्मक कार्यक्रममा बोल्दै नेता पाण्डेले कुनै पनि उद्योग वा व्यावसाय सञ्चालन गर्न खोज्ने लगानीकर्ता जग्गा किनेर उद्योग चलाउन नसक्ने अवस्थामा पुगेकोले निश्चित क्षेत्रमा सरकारले नै निःशुल्क जग्गा दिएर लगानीकर्तालाई आर्कषित गर्ने नीति एमालेले ल्याउने बताए । उनले उद्योग र कृषिका लागि प्रयोग भएका भूमिको कर सरकारले लिन नुहुने बताउँदै व्यावसायीप्रति दल र सरकारले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको खाँचो रहेको बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नं. १ (क) का उम्मेदवार जगन्नाथ थपलियाले व्यसायीमैत्री वातावरण बनाउन अहिलेको सरकार चुकेको बताउँदै सरकारले ब्याजदर बढाएर व्यवसायीमाथि आतंक मच्चाएको आरोप लगाए । चितवन क्षेत्र नं. २ का एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले नेकपा एमाले सदैव उद्योगी व्यवसायीको पक्षमा रहेको भन्दैं अहिलेको सरकार किसानहरुलाई हत्तोसाही बनाउन उद्दत रहेको बताए । चितवन निर्वाचन क्षेत्र नं. ३ (क) का एमाले उम्मेदवार कृष्ण भूर्तेल, कार्यक्रममा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल उद्योग ब्यवसाय महासंघका उपाध्यक्ष डा.तिलचन्द्र भट्टराई, महासंघका महासचिव भागिरथ सापकोटा, महासंघ केन्द्रीय एवम् चितवन जिल्ला इन्चार्ज दुर्गा गौतम लगायतले बोलेका थिए । नेपाल राष्ट्रिय उद्योग ब्यासायी संघका चितवन जिल्ला अध्यक्ष इमान्दु बरालको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन महासचिव गौरव पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...