प्रचण्ड पत्नी सीता दाहाल आईसियुमा



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ हुनुभएको छ । उहाँलाई बुधबार (हिजो) देखि नैललितपुरस्थित मेडिसिटी अस्पतालको आसियुमा राखेर उपचार भइरहेको छ । उहाँलाई हिजो बुधबार बिहान आपतकालीन अवस्थामा अस्पताल लगिएको श्रोतले बताएको छ ।

लामो समयदेखि विरामी रहनु भएकी दाहाललाई यसअघि अस्पताल लाने, ल्याउने चलिरहेको थियो । हिजो बढी नै विरामी भएपछि आकस्मिकरूपमा अस्पताल लगिएको हो । हिजो राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड नआउनु भएपछि कार्यकर्ताको चासो शान्त पार्न नेता नारायणकाजी श्रेष्ठले सीतालाई अस्पताल लगिएको कुरा सार्वजनिक गर्नुभएको थियो ।

प्रचण्डको आज (बिहीबार) सिन्धुली जाने कार्यक्रम थियो । तर, पत्नी सीताको आसियुमा राखेर उपचार भइरहेकाले उहाँ सिन्धसली जान नसक्ने हुनुभएको छ । बिहीबार उहाँ राजधानी काठमाडौंमै कार्यकर्ता भेटघाटलगायतका विविध कार्यक्रममा व्यस्त रहनुहुने पार्टी श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...