यती एयरलाइन्स २५ औं वर्षमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेपालको अग्रणी वायुसेवा कम्पनी यती एअरलाईन्सको हवाई यात्रा २४ बर्ष पुरा भएको छ ।

तत्कालीन हवाई बिभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त भएको भएपनी २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको यती एअरलाइन्सले सो पहिलो उडान गरेको दिनलाई नै हरेक बर्ष बार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । नेपालमा हवाईसेवाको बिकासमा महत्त्वपूर्ण योगदान रहेको यस एअरलाईन्सको शुरूवात २ वटा ट्विनअटर वायुयान बाट भएको थियो ।

२४ बर्षे यात्राको दौरानमा यो एअरलाईन्स संग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडान गरेको अनुभव छ । यो यात्रामा डिएचसी-६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई-१२, इएमबी-११०, ईएमबी-१२०,साब-३४० बि, जेटस्ट्रीम जे-४१, डिएचसी-६ ४०० ट्विनअटर तथा एटिआर-७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ । हाल ७३० जना कर्मचारी कार्यरत रहेको यस एअरले नेपालमा हवाईसेवाको लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छ । यस एअरका प्राबिधिक, चालकदल तथा अन्य कर्मचारीहरु हाल नेपालमा संचालित सम्पुर्ण एअरलाईन्समा कार्यरत रहेको यती एअरका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो

वहाँका अनुसार “यतीको २४ बर्षे यात्रा लगनशिल तथा इमान्दार कर्मचारी तथा लगानिकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो साथै हाम्रा संस्थापक प्रबन्ध निर्देशक स्व. आङ्ग छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ” । १ बर्षको अवधिमा ५ वटा विमान मार्फत यस एअरलाईन्सले १५,९२५ उडान मार्फत १० लाख ५ हजार छ सय सतहत्तर यात्रुहरुलाई सेवा दिएको छ भने २७,६६३ बिदेशी पर्यटकलाई सेवा दिएको छ साथै १ लाख ५४ हजार २ सय सतासी कार्गो तथा कुरिएर बोकेको छ । यो अवधिमा यतीको बिमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एअरलाईन्सले जानकारी दिएको छ । हालै एउटा विमान थपेको यती संग हाल ६ वटा एटिआर विमान रहेको छ भने यसै बर्ष एउटा विमान ल्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...